

नागरिक लगानी कोष र एलसीइनर्जीले गरे सेयर प्रत्याभूति सम्झौता




काठमाडौं । नागरिक लगानी कोष र एलसीइनर्जी लिमिटेडले सेयर प्रत्याभूति सम्बन्धि एक सम्झौता सम्पन्न गरेका छन् । सोही सम्झौताका लागि कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एलसीइनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गरे।
उक्त एलसीइनर्जीले प्रति सेयर एक सय रुपैयाँका दरले ६ लाख कित्ता बापतको ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो भने सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म कायम रहने बताइएको छ।