

सोमबार सेयर बजार झण्डै ३० अंकले बढ्यो




काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक बढ्न पुगेको छ। अघिल्लो दिन पनि उच्च अंकले बढेको सेयर बजार आज पनि उच्च अंकले नै बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २९ दशमलव ८७ अंकले बढेर २७२७ दशमलव ९१ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १।१० प्रतिशतले बढी हो । आज सेयर बजारमा १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव २७ अंकले बढेर ४५९ दशमलव ६९ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य बढेको छ भने ३ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिन ९ अर्ब ४७ करोड माथिको कारोबार भएको बजारमा आज १० अर्ब माथिको कारोबार भएको छ। आज सेयर बजारमा ३०२ कम्पनीका १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर १ लाख २ हजार ८६१ पटक खरिद बिक्री हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार ८३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्से परिसूचकमा अनुसार बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।