

नेप्से परिसूचक साढे ६ अंक भन्दा बढीले उकालो लाग्यो




काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन नेप्से परिसूचक साढे ६ अंकले बढेर बन्द भएको देखिन्छ । अघिल्ला दुई दिनमा घटेको परिसूचक आज ६ दशमलव ५४ अंकले बढेको हो।
नेप्सेमा कारोबार बन्द हुँदा परिसूचक २६८३ दशमलव ८६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९८ कम्पनीको घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको देखिन्छ ।
यता, आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव ५० अंकले घटेर ४५० दशमलव १५ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ५ वटाको सेयर मूल्य वृद्धि भएको छ भने बाँकी ८ उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
नेप्से परिसूचक बढेको दिन सेयर बजारमा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्सेमा २९९ कम्पनीका १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता सेयर ७२ हजार ९४ पटक खरिद बिक्री हुँदा उक्त रकम बरारबको कारोबार भएकोछ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।