

नेप्सेमा ८ अर्बको कारोबार




काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकको गिरावट आएको छ। आइतबार कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ११ दशमलव ४९ अंकले घटेर २६८८ दशमलव ३१ विन्दुमा पुगेको हो ।
नेप्से सूचकका अनुसार आजको कारोबार बन्द हुँदा सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ६८ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २५ अंकले घटेर ४५२ दशमलव २१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ उपसूचकको सेयर मूल्यमा गिरावट आएको देखिन्छ ।
यता नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको बेलामा गत साताको बिहीबारको कारोबार बन्द हुँदा ९ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा आज ८ अर्ब भन्दा बढीको मात्रै कारोबार भएको हो । आज सेयर बजारमा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०५ कम्पनीका १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८४ हजार २८९ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
साथै, कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको अवस्थामा आईतबार सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको नेप्से सूचकमा देख्न सकिन्छ ।