

क्यानको सुसज्जित मेला, जनशक्तीभन्दा टेक्नोलोजी प्रेम वृद्धि भएको आभाष




काठमाडौं । हिजोदेखि राजधानीको भृकृटीमण्डपमा संचालित क्यान इन्फोटेक मेला २०२५-भव्य रुपमा संचालन भइरहेको छ । मेलामा सूचना प्रविधिसँग जोडिएका नयाँ नौला वस्तु मात्र नभई अन्य नव स्टार्ट अप तथा उद्यमीहरुलाई समेत प्राथमिकता दिएको देखिएको हो ।
सोही मेलामा एकातिर सूचना प्रविधिसँग मात्रै जोडिएका विषय वस्तुहरु लामवद्ध रुपमा राखिएको छ भने अर्कातिर प्रविधिबाट थोरै भिन्न र पृथक सामाग्रीहरुलाई पनि ग्राहयता दिएको प्रत्यक्ष अवलोकनबाट देख्न सकिन्छ । सो विषयमा मेलाको स्टलमा रहेका उद्यमीहरुले हार्ड वेयर र सफ्ट वयेर गरेर क्यान मेलालाई मुख्यतय दुई भागमा विभाजन गरिदै आएको बताएका छन् ।
एक त नेपालमा मात्र नभई विश्व प्रविधिका विविध वस्तूहरु एकै छाना मुनी पाइनुले पनि क्यान इन्फोटेकको विरासत कायम रहदै आएको छ । त्यसरी नै करिब ३ दशकको उकाली-ओराली पार गरेको नेपालकै सूचना प्रविधि मेलाले प्रविधिमा नेपाली समाज भर्खरै बामे सर्दै गर्दा धेरै कुराहरु गुरु योजना जसरी ल्याएको सहजै लख काट्न सकिन्छ ।
क्यान इन्फोटेक बुझ्नेलाई श्रीखण्ड
हाल क्यान इन्फोटेक मेलालाई दुई ओटा कोणबाट बुझिएको आयोजकहरु स्वीकार गर्छन् । एक त केही वर्ष अघि मात्रै क्यान मेलामा देखिने भीडभाडमा हाल छिटपुट कमी हुनुले कतै मेलामा ग्राहक आकर्षण ह्वात्तै घटेको त होइन ? भन्ने आशंका उब्जाई रहेको बेलामा अर्कोतर्फ नेपालको प्रविधि विश्व स्तरकै छेउछाउमा पुगेको हो कि ? भन्नेसम्मका आँकलन सुरु हुन थालेका छन् । यद्यपी सोही मेलाको स्टलमा देखिएका कतिपय नव उद्यमीहरुले यस मेलालाई श्रीखण्ड वा निकै महत्व रहेको ओझपूर्ण अवसरको रुपमा चित्रण गरेका छन् ।
साइबरमा कम्प्यूटर हेर्न जाने समाजमा, रोवर्ट सामान्य
हिजो एउटा सममय थियो जति बेला नेपाली समाजमा कम्प्यूटरबाट विदेशमा रहेका व्यक्तीहरुसँग भीडीयो कल गर्न सकिन्छ भन्ने । त्यस्तो अवस्थामा नेपाली समाजमा साइबर पसलहरु संचालनमा थिए, जहाँ पैसा तिरेर भाडामा कम्प्यूटर चलाउँनु पर्ने जमाना थियो । ठीक त्यही बेलाको क्यान मेला स्मरण गर्दै क्यान मेलालाई नजिकबाट नियालेकाहरुले त्यस्तो बेलामा नेपालमा सूचना प्रविधिसँग जोडिएका कुनै पनि वस्तू ल्याउँदा नेपाली समाजमा नयाँ नौलो लाग्ने र त्यसलाई छुन, चलाउँन प्रविधि प्रेमीहरु लालायीत हुन्थे । हुनु पनि सामान्य हो । आज विश्वले खल्तीमा (एक मोवाइलमै) दुनियाँ अटाउँने पकेट साइन्सदेखि विश्व माथि नयाँ विश्वको खोजी गर्ने रकेट साइन्ससम्मको विकास गरिसकेको छ । यस्तो बेलामा नेपाली समाजमा हिजो प्रविधिको पाठ सिकाउँदै हिडेको क्यान महासंघ आज निकै हदसम्म सफल भएको देखिन्छ । कारण, उसले पनि चाहेको यही थियो । सबैजना प्रविधि मैत्री बनुन्, प्रविधिको प्रयोगलाई सहि ढंगले प्रयोग गरेर लाभ लिउँनु । आज नेपाली समाज प्रविधि प्रयोगमा निकै अगाडी पुगेको देखिन्छ । एक त नेपाली विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको विद्यालयमा उच्च शिक्षा हाँसिल गरेका छन् भने अर्को भनेको प्रविधिका उपकरणहरु नै हाम्रो दैनिक काम सघाँउने सारथी बनेका छन् ।
कोरोना महामारीको बेलामा आईटी क्षेत्रले नै धेरै वटा उद्योगहरु संचालनमा सघाएको र भौतिक उपस्थिती बिना पनि काम काजमा सहजता थपेको थियो । सो अनुभव गर्ने मौका नेपाली समाजलाई सूचना प्रविधि क्षेत्रले दिलाउँदै गएको अवस्था छ । भुक्तानी सेवा प्रदायकहरुले पनि कारोबारमा निकै सहजिकरण र विश्वासको वाताबरण थपेको सत्यलाई नर्कान सकिन्छ ।
सधैं नयाँ उपकरण ल्याउँनु पर्ने चुनौतीमा क्यान महासंघ
नेपाली समाजलाई प्रविधिको नयाँ नौला उपकरणहरुको स्वाद चखाएर मात्रै क्यानले आफ्नो धर्म पूरा गरेको वा आफ्नो अस्थित्व, दायित्व त्यतिमै पूरा भएको मान्न पाउँने स्थिती छैन् । दैनिक नयाँ माथि नयाँ खोज र अनुसन्धानको दायरामा विश्व दौडिरहेको बेलामा पुराना उपकरणले नै नयाँ स्वाद फेर्न अफ्ठ्यारो मात्र होइन निकै हदसम्म असम्भव पनि छ । ठीक यही समयमा विश्व स्तरका थप नयाँ प्रविधिलाई भित्र्याउँन सरकारी नीति, बजेटीङका योजना, नयाँ जोस र पुराना अनुभवलाई समन्वय गरे क्यान इन्फोटेक मेलाले अझै बढी नागरिकहरुको ध्यान खिच्नेमा दुई मत छैन ।
यद्यपी हिजोदेखि संचालित मेलामा कुनै समय ह्वात्तै भीडभाड हुने र कुनै समय केही आवतजावत कम भएको कुरा आयोजकहरुले पनि स्वीकार गर्छन् र यो देखिएकै सत्य पनि हो । यसमा मुख्य कुरा भनेको मेलाको अपरिहार्यता र त्यसको उदेश्य कति जनाले बुझ्ने मौका पाएर त्यसलाई बुझाउँन सम्बन्धित पक्षले कतिको पहल गरि रहेका छन् ? भन्ने पनि निकै ठूलो कुरा हो ।
यद्यपी क्यान इन्फोटेकको आकर्षणको विषयमा प्रश्न गर्दा आयोजकहरुले अहिले नै मेलालाई समिक्षा गर्न नहुने र बहुआयामीक मेलालाई विभिन्न कोणबाट बुझ्न जरुरी हुने भाव व्यक्त गरेका छन् । अन्तिममा क्यान इन्फोटेकले दिनसक्ने ठाउँ कति छ र त्यसबाट ग्राहकहरुले लाभ लिनसक्ने ठाउँ के कतिसम्म पुगेको छ ? भन्ने विषयमा अलि बढी नै चर्चा भएको देखिन्छ ।