

बीमक संघले पायो नयाँ नेत्तृत्व, अध्यक्षमा वैद्यबार




काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको साझा संगठन नेपाल बीमक संघले नयाँ नेत्तृत्व पाएको छ । संघको नयाँ अध्यक्षको रुपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरेन्द्र वैद्यबार, क्षेत्री निर्विरोध निर्वाचित भएका हुन् ।
यस अघि संघको अध्यक्षको रुपमा सगरमा लुम्बिनी (सलिको) इन्स्योरेन्सका सीईओ चंकी क्षेत्रीले आफ्नो कार्यकाल सफल रुपमा सम्हालेसँगै हाल बैद्यबारले नेत्तृत्व पाएका हुन् । सोही संघको स्थापनादेखिका योगदानहरुलाई मूल्यांकन गर्दा हाल शिखर इन्स्योरेन्सका सीईओ दीप प्रकाश पाण्डे तथा हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट बाहिरीएका सीईओ विजय बहादुर शाहले सफल रुपमा कार्यकाल सम्हालीसकेको अवस्था छ ।
यता, संघमा सलिकोका सीईओ क्षेत्री तथा नेको इन्स्योरेन्सका सीईओ खड्काले महासचिवको समेत भूमिका सम्हालीसकेका छन् । अहिले बनेको नयाँ नेत्तृत्वले एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तलाई सोही महासचिव पदको जिम्मेवारी दिएको छ ।
संघको नयाँ सदस्यको रुपमा हाल हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीबाट सीईओ अन्जु श्रेष्ठको इन्ट्री भएको छ । ठीक यही बेलामा कतिपय सीईओहरुले आफ्नो नेत्तृत्वदायी भूमिकामा नदेखिए पनि संघको गरिमा उच्च बनाउँन प्रत्यक्ष अप्रत्यक्ष रुपमा योगदान दिँदै आएको बताउँने गरेका छन् ।