

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा




काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले आफ्नो लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश तोकेको छ । कम्पनीले दिएको जानकारी अनुसार गएको आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिने भएको हो।
यसपालि कम्पनीको माघ २४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ७ दशलमव ५ प्रतिशत बोनश शेयर र ० दशमलव ३९४७ प्रतिशत नगद लाभांश( कर प्रयोजन) का लागि समेत दिने भएको जनाइएको छ।
विगतका वर्षमा जस्तै आगामी साधारणसभाबाट स्वीकृत भएसँगै लगानीकर्ताले सो प्रतिफल पाउँनेछन् । सो जानकारी कम्पनी सचिव तथा नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले दिएका हुन् ।