
पूर्वमन्त्रीद्वय सहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा ठगी गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बिहीबार अनुमति दिएको हो ।
यसअघि अदालतले उनीहरूलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले थप अनुसन्धानका लागि पुनः म्याद माग गरेको थियो ।


