
सुनचाँदीकाे मूल्यमा वृद्धि, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन उच्च गिरावट आएको सुनचाँदीको मूल्यमा आज सामान्य वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ४१ हजार ४०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ४० रुपैयाँ रहेको थियो ।


