
विदुरका ९७० बाढी प्रभावित परिवारलाई घरभाडा रकम वितरण
काठमाडौं । भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका ९७० परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।नगरप्रमुख राजन श्रेष्ठका अनुसार लाभग्राही कायम भएका र घरभाडामा बस्दै आएका परिवारको बैंक खातामा रकम पठाउन थालिएको हो ।
विदुर नगरपालिकामा एक हजार ७८६ परिवार लाभग्राही कायम भएका छन् । सरकारले चार जनासम्म सदस्य भएको परिवारलाई मासिक १५ हजार र थप सदस्यलाई प्रतिव्यक्ति दुई हजार रुपैयाँका दरले छ महिनासम्म घरभाडा उपलब्ध गराउने घोषणा गरेको छ ।
नुवाकोटका बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडा रकम वितरणका लागि लाभग्राही पहिचान अन्तिम चरणमा पुगेको छ ।


