
यूनिटेक हाइड्रोपावरको साधारणसभा आह्वान
काठमाडौं । यूनिटेक हाइड्रोपावरले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २७ गेतका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभा होटल क्राउन इम्पेरियल, रविभवन काठमाडौंमा दिउसो २ बजेदेखि सुरु हुने छ । सभाले अध्यक्षको प्रतिवेदन तथा आ.ब. २०८२/०८३ को नाफा नोक्सान हिसाव सम्बन्धी प्रस्तावमा छलफल गरि पारित गर्ने छ । त्यस्तै आ.व. २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन, आ.व. २०८३/०८४ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्ने छ । त्यस्तै कम्पनीको आगामी कार्ययोजना सम्बन्धी प्रस्ताब माथि पनि छलफल गरि पारित गर्ने छ ।


