
प्रि ओपन सेसनमा सामान्य अंक घट्यो नेप्से
काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य २ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ११.०५ अंक घटेर २६२५.०५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७५ अंक घटेर २६२४.२९ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१२ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १०१ पटकको कारोबारमा २ करोड ७७ लाख ३ हजार ६९१ रुपैयाँ ५० पैसाबराबरको ४३ हजार ४१७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने २७ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।


