
पाल्पा सिमेन्ट १३ करोड ७६ लाख रुपैयाँ घाटामा, सञ्चालन नोक्सानी मात्रै ३ करोड ७१ लाख
काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको अवस्था दयनीय बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको अवस्था दयनीय बन्दै गएको हो ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा कम्पनी १३ करोड ७६ लाख रुपैयाँभन्दा बढीले घाटामा रहेको । वित्तीय विवरणअनुसार कम्पनीले १३ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद घाटा व्यहोरेको हो । गत आर्थिक वर्षको अन्त्यसम्म भने कम्पनीले ३ करोड ९९ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले सञ्चालन आम्दानीबाट ६१ करोड ९ लाख ७६ हजार रुपैयाँ राजस्व आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो आम्दानी ४ अर्ब ७६ करोड ५९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कुल नाफा १ करोड ६३ लाख ५७ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको बिक्री लागत ५९ करोड ४६ लाख १९ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको प्रशासनिक खर्च २ करोड २२ लाख ८५ हजार रुपैयाँ र बिक्री तथा वितरण खर्च ३ करोड ५३ लाख ६२ हजार रुपैयाँ रहेको छ। जसका कारण कम्पनीको सञ्चालन नोक्सानी ३ करोड ७१ लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वित्तीय लागत ६ करोड ९१ लाख ९० हजार रुपैयाँ रहेको छ। वित्तीय लागतको उच्च भारका कारण कम्पनीको करअघिको नोक्सानी १० करोड ६३ लाख १९ हजार रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ ।
असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ४१ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने कुल इक्विटी ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको दीर्घकालीन कर्जा ४ अर्ब ८० करोड ५३ लाख रुपैयाँ र अल्पकालीन कर्जा ३३ करोड १७ लाख रुपैयाँ रहेको छ । यसले कम्पनीमा वित्तीय लागतको दबाब कायम रहेको देखाउँछ । कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६७ पैसा ऋणात्मक रहेको छ भने प्रतिशत सेयर नेटवर्ट १२५ रुपैयाँ ४८ पैसा र तरलता अनुपात ३.५७ गुणा रहेको छ ।


