
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार १०० रुपैयाँ र चाँदी ८० रुपैयाँले घटेको छ । आज सुनको मूल्य तोलाको २ लाख ६९ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ६०० रुपैयाँ रहेको थियो ।


