
भारतीय राजदूत दलेला र पूर्वाधार विकास मन्त्री लम्सालबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालबीच शिष्टाचार भेटवार्ता भएको छ।
काठमाडौंस्थित भारतीय राजदूतावासका अनुसार, भेटका क्रममा दुई देशबीचको पूर्वाधार विकास तथा कनेक्टिभिटी (सम्पर्क सञ्जाल) का क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई अझ प्रगाढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।
सो अवसरमा दुवै पक्षले नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप उचाइमा पुर्याउन सँगै मिलेर काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।


