
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुका लागि ८.२५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३.४ प्रतिशत बोनस सेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।


