
लक्ष्मी लघुवित्तको नाफामा सामान्य सुधार, अन्य सूचक कस्ता ?
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ७.६३ ले बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ९ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा १४ करोड ७ लाख ४० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षमा घटेर १२ करोड ९९ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १४ करोड ३२ लाख ७३ हजार रुपैयाँ रहेको छ। गत वर्ष यस्तो आम्दानी १५ करोड ४० लाख ९२ हजार रुपैयाँ थियो ।
यद्यपि, कम्पनीको सञ्चालन नाफा भने बढेको छ । गत वर्ष ४ करोड ४१ लाख ५५ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ४ करोड ७५ लाख ६ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म कम्पनीको सञ्चित तथा जगेडा कोषमा ३ करोड ७७ लाख १७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ११ करोड ५५ लाख ५८ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कुल सम्पत्ति ६ अर्ब ४५ करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, ग्राहकलाई प्रवाह गरेको कर्जा ६ अर्ब ११ करोड १४ लाख रुपैयाँ पुगेको छ भने निक्षेप तथा सापटी २८ करोड ५६ लाख ८९ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा अनुपात भने बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा ११.७९ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर १२.१२ प्रतिशत पुगेको छ । कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानीमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २७ रुपैयाँ ९९ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षमा बढेर ३० रुपैयाँ १३ पैसा पुगेको छ ।


