

रोवर्ट र मानिस बिचको हस्तमिलन देखाउँदै,क्यान इन्फोटेकको शुभ साइत घोषणा




काठमाडौं । सूचना प्रविधि क्षेत्रसँग जोडिएको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक २०२५ आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सम्पन्न हुने भएको छ । सो संस्करण ३० औं रहेको र आवश्यक तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ क्यान महासंघ ले शुभ साइतबारे जानकारी दिएको हो ।
सोही क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी, सह शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेका छन् ।
आयोजकका अनुसार क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रा. लि. गोगोरो, सिल्भर स्पोन्सरहरूमा एस. पावर बीपीई प्रा. लि. तथा अनलिमिटेड टेक्नोलोजी प्रा. लि. ज्याप रहेको बताइएको छ।
टिकेट पार्टनरको रुपमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रा.लि., एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रा.लि., डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा.लि. कताहो र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहने जनाइएको छ।
यसपालिको इन्फोटेकलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा. लि, म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रा. लि., मेगाटेक ग्रुप, हाइ.टेक इन्जिनियरिङ प्रा. लि. डिजिकम, पाइन ओबरसिज प्रा. लि., सुबिसु केबलनेट प्रा. लि. देखि अन्तर्राष्ट्रिय संस्थाहरु विट्सा, असोसियो, टीओए सफ्टवेयर कर्पले सहमर्थन जनाएका छन्।
कार्यक्रममा क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले सबैको मद्धतबाट इन्फोटेकलाई दमदार बनाउँन सकिने तथा पछिल्लो समय सूचना प्रविधिको महत्व हरेक क्षेत्रसँग जोडिएको बताएन।
यता, क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रुपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरु, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायतका विशेष प्रदर्शन रहने जनाइएको छ ।
मेलामा प्रवेश गर्न सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ शूल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि शूल्क प्रवेश हुने कार्यक्रममा बताइयो।
आयोजकका अनुसार यसपालि क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् भने सोमध्ये ९० प्रतिशत स्टल बुकिङ भइसकेको जनाइएको छ । मेलामा ३ लाख ग्राहकहरुले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।
यास अघि प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो भने यता बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको अवस्था छ।