
छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ११.९६३१ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थसहित १३.०३६९ प्रतिशत नगद लाभांश रहेको छ ।
कात्तिक १८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेश्चिात सो दरमा लाभांश वितरण गरिनेछ ।


