
सुनचाँदीको मूल्य भारी वृद्धि, तोलाको कति ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन तोलाको १३ हजार ३०० रुपैयाँ र चाँदी २६५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८८ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ७५ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २६५ रुपैयाँले बढेर तोलाको ३ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ६५५ रुपैयाँ रहेको थियो ।


