

सेयर बजारमा करिब करिब १३ अर्बको कारोबार




काठमाडौं । सातामा कारोबारको पहिलो दिन सेयर बजार परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । उक्त दिन सेयर कारोबार हुने साताको पहिलो दिन सेयर बजार परिसूचक ६९ दशमलव ८० अंकले बढेर बन्द भएको नेप्से परिसूचकमा देखिन्छ ।
यता सेयर बजार परिसूचक २।६२ प्रतिशतले वृद्धि भएर २७२७ दशमलव ५८ विन्दुमा पुग्दा सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०२ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १३ दशमलव ६५ अंकले बढेर ४५८ दशमलव ३७ विन्दुमा पुगेको छ । आइतबार १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा १२ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता १ लाख ३० हजार ९१३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।
आज सेयर बजारमा ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको नेप्से परिसूचकमा देखिन्छ ।