
चिरख्वा हाइड्रोपावरको करिब साढे २ लाख कित्ता सेयर बिक्रीमा आउने
काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले करिब साढे २ लाख कित्ता आधारभूत सेयर बिक्रीमा आउने भएको छ । सेयरधनी गेल्जे लामाले आफ्नो स्वामित्वमा रहेको २ लाख ४८ हजार ५६ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।
उनले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्न चाहेको जानकारी कम्पनीलाई गराएका हुन् । कम्पनीका अनुसार लामाको सेयर बिक्री गर्ने आशयसम्बन्धी निवेदन कात्तिक १७ गते प्राप्त भएको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) तथा नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुअघि जानकारी गराउनुपर्ने व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले बिक्रीको पाँच कारोबार दिनअघि नै सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्छ । सोही प्रावधानअनुसार लामाले सेयर बिक्री गर्ने आफ्नो मनसायबारे कम्पनीलाई जानकारी गराएका हुन् ।


