
सनुको मूल्य बढ्यो, चाँदीको घट्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य तोलाको ६०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको ३ हजार ६५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको थियो ।


