
माण्डु हाइड्रोपावरको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माण्डु हाइड्रोपावरको १३ लाख ६३ हजार ६३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
उक्त सेयर हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि सेयरधनीहरूले कारोबार गर्न सक्नेछन् ।


