
सुपर मादी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावरको ३४ लाख ७२ हजार ८७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर दिएको थियो ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।


