
सेबोनद्वारा आईपीओको पाइपलाइनमा रहेका कम्पनीको वर्गीकरण
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले साधारण सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका कम्पनीहरुको वर्गीकरण गरेको छ । बोर्डले आईपीअोको आवेदन दिएका ११७ कम्पनीलाई ६ वर्गमा वर्गीकरण गरेको हो ।
सेबोनले धितोपत्र दर्ता तथा प्रारम्भिक सार्वजनिक निष्काशनको स्वीकृतिका लागि बोर्डमा प्राप्त निवेदनको सूची बनाएर वर्गीकरण गरेको जनाएको हो । उक्त निवेदक कम्पनीहरूले पेश गरेका कागजात, विवरण तथा विवरणपत्र, तोकिएको कानूनी व्यवस्था तथा नियामकीय मापदण्ड बमोजिम नभएसम्म धितोपत्रको दर्ता तथा निष्काशनको स्वीकृति प्रदान नगरिने जनाएको छ ।
११७ कम्पनीको ७१ अर्ब ४२ करोड २० लाख २३ हजार ४९६ रुपैयाँको ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता आईपीओ निष्कासनका लागि सेबोनको पाइपलाइनमा रहेका छन् । सेबोनका अनुसार पहिलो चरणमा ७६ वटा कम्पनी रहेका छन् । यी कम्पनीहरुले सेबोनमा आईपीओका लागि आवेदन दिएपछि बोर्डले माग अनुसार पुरै कागजात दिएका छैनन् । दोस्रो चरणका कम्पनीमा ६ वटा कम्पनी रहेका छन् । तेस्रो चरणमा ४ वटा कम्पनी रहेका छन् । तीमध्ये दुई कम्पनी अन्तिम समीक्षा चरणमा पुगेका छन् भने १० कम्पनीको आवेदन पाँचौँ चरणमा समीक्षा भइरहेको छ।
यस्तै चौथो चरणमा १९ वटा कम्पनी रहेका छन् । पाँचौ चरणमा १० वटा र छैटौं चरणामा २ सहित ११७ कम्पनी रहेका छन् । अन्तिम चरणमा रहेका दुई कम्पनीमा आशुतोष इनर्जी र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड रहेका छन् । यी दुई कम्पनीले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएका छन् ।
Loading Viewer...


