
सुनको मूल्य बढ्यो, चाँदीको घट्दा तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ । आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै चाँदीको मूल्य आज ५० रुपैयाँले घटेर तोलाको ३ हजार ९३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।


