
बैंकिङ प्रणालीबाट १५० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले १५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थामा रहेको अतिरिक्त रकम खिच्न लागेको हो ।
राष्ट्र बैंकले पछिल्लो समय बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण प्रयोग गर्दै रकम खिच्दै आएको छ । यसैक्रममा आज पुनः १५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार बोलकबोल आज दिउसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । यसमा निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण गरिनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । यो ८ दिने निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी २०८३ कात्तिक २० गते गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।


