
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलाको ९०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ८२ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको ३ हजार ९८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।


