
भोटेकोसी बाढीपीडितलाई नुवाकोटका विभिन्न स्थानमा राहत वितरण
नुवाकोट। भोटेकोसीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले नुवाकोटका विभिन्न स्थानमा चार्डपर्वलाई लक्षित गर्दै राहत वितरण गरिएको छ। बाढीका कारण प्रभावित स्थानीय बासिन्दालाई दैनिक जीवनयापनमा सहजता होस् भन्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको हो।
भारतको हरियाणा राज्यस्थित Gurgaon, सेक्टर–१६ मा रहेको Bharat Skytech Pvt. Ltd., Thakral ग्रुपका वरिष्ठ ड्रोन इन्जिनियर प्रशान्तकुमार सिंहको नेतृत्वमा राहत वितरण अभियान सञ्चालन गरिएको थियो।

सर्लाहीको बलरा नगरपालिका–७, डुमरियाका सिंहको नेतृत्वमा सञ्चालित अभियानअन्तर्गत दैनिक उपभोग्य सामग्री तथा भान्सामा आवश्यक सामग्री प्रभावित परिवारलाई वितरण गरिएको थियो। विपद्का कारण समस्यामा परेका परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।

स्थानीय समन्वयकर्ता विष्णुप्रसाद सापकोटाको समन्वयमा सम्पन्न कार्यक्रममा प्रशान्तकुमार सिंह, अमिर राज खरेल, क्रिष्टिना भुजेल, दीपक हेङ्गजु र निशान्त सिंहलगायत सहभागी थिए।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन मानवीय सहयोग आवश्यक हुने भएकाले राहत वितरणले परिवारलाई दैनिक आवश्यक सामग्री जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायसँग हातेमालो गर्दै राहत तथा सहयोगका गतिविधिमा सहभागी हुनु सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको प्रतिबद्धताको उदाहरण हो। अभियानले विपद् प्रभावित नागरिकलाई सहयोग गर्न व्यक्ति तथा संस्थाबीच सहकार्य र एकताको आवश्यकता रहेको सन्देशसमेत दिएको छ।


