
हिमालयन ब्रोकरेजको चौथो साधारणसभा आह्वान
काठमाडौं । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले चौथो साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ५ गतेका लागि वार्षिक साधारणसभा आह्वान गरेको हो ।
सभा मंसिर ५ गते होटलल रामदा, धुम्बाराही काठमाडौंमा दिउसो ३ बजे सक्ने छ । सभाले संचालक समितिको तर्फवाट अध्यक्षले प्रस्तुत गर्ने कम्पनीको चौथो वार्षिक प्रतिवेदन पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०८२/८३ को वित्तीय विवरण वासलात, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
उक्त सभाले कम्पनी ऐन २०६३ को दफा १११(३) बमोजिम आ.व. २०८३/८४ को लेखापरीक्षण कार्यको लागि बाह्रय लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत (प्रति सेयर रु. १० का दरले नगद लाभांश बोनश सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) स्वीकृत गर्ने छ ।


