
एनपीएल क्रिकेट : चितवनद्वारा विराटनगरलाई १५८ रनको लक्ष्य
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाए पछि विराटनगरले उक्त लक्ष्य पाएको हो ।
चितवनका लागि ओपनर डेभिड मलानले सार्वधिक ७० रनको योगदान दिए । त्यस्तै रवि बोपाराले ३१ रन बनाए भने डान मोस्लीले २८ रनको योगदान दिए । देव खनाले १२ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन्न । विराटनगरका लागि चरिथ असलंका, एन्जेलो म्याथ्युज र आन्द्र रसेलले एक एक विकेट लिए ।


