
कप्तानको दोहारो शतकका बाबजुत इंग्ल्यान्ड पराजित, श्रीलंका २ विकेटले विजयी
काठमाडौं । पाकिस्तानमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा श्रीलंकाले रोमाञ्चक जित निकालेको छ । रावलपिण्डीमा भएको खेलमा ४३० रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर पुरा गरेको हो ।
श्रीलंकाको जितमा पवन रत्नायकेले १ सय ३० रन बनाए । १ सय ६ बलमा उनले १५ चौका र ३ छक्का प्रहार गरे । अविष्का फर्नान्डो र कप्तान दसुन शनाकाले समान ९७ रन जोडे । जनिथ लियानागेले २७ बलमा अविजित ६१ रन बनाउँदै श्रीलंकालाई रोमाञ्चक जित दिलाए । २४ रनमा २ विकेट गुमाएको श्रीलंकाले त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो ।
त्यस अघि कप्तान ह्यारी ब्रुकले इंग्ल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो दोहोरो शतक प्रहार गरे पछि उसले उच्च स्कोर बनाएको थियो । इंग्ल्यान्डले ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ब्रुकले ११४ बलमा दोहोरो शतक पूरा गरे । १ सय १६ बल खेलेका उनले २१ चौका र १० छक्काको मद्दतले २०२ रन बनाए । उनले गत महिना शुभमन गिलले बनाएको कीर्तिमान तोडे । जो रुटले ६९, विल ज्याक्सले अविजित ६६ र टम बान्टनले ५० रन बनाए ।


