
इङ्गल्यान्डद्वारा श्रीलंकाविरुद्ध ४२९ रनको योगफल, ह्यारी ब्रुककाे दोहोरो शतक
काठमाडौं । पाकिस्तानमा जारी एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत श्रीलंकाविरुद्धको तेस्रो खेलमा इङ्गल्यान्डले जितका लागि ४३० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको इंग्लिस टोलिले निर्धारीत ५० ओभारमा ४ विकेट गुमाएर ४२९ रनको विशाल योगफल खडा गरेको हो ।
उसका लागि कप्तान ह्यारी ब्रुकले विष्फोटक ब्याटिङ गर्दै कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन् । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ११६ बलमा २०२ रनको पारी खेले । बल संख्याका आधारमा यो अहिलेसम्मकै छिटो दोहोरो शतक हो । उनी ओडिआईमा दोहोरो शतक बनाउने ईंग्ल्याण्डका पहिलो ब्याटर बनेका छन् । ब्रुकले आफ्नो पारीमा २१ चौका र १० छक्का प्रहार गर्दै १७४.१३ को स्ट्राइक रेटमा रन जोडेका थिए । उनी खेलको अन्तिम बलमा जनित लियानागेको बलमा आउट भए ।
ब्रुक बाहेक इङ्गल्यान्डका अन्य ब्याटरहरूले पनि उत्कृष्ट प्रदर्शन गरे । जो रुटले ६६ बलमा ६९ रन बनाए भने विल ज्याक्सस् मात्र ३० बलमा ६६ रन बनाएर अविजित रहेका छन् । टम ब्यान्टनस्ले ५१ बलमा ५० रन बनाए । श्रीलंकाका बलरहरू ब्याटिङ सहयोगी पिचमा निकै महँगो साबित भए । स्पिनर दुनिथ वेल्लालागेले १० ओभरमा ५६ रन खर्चेर २ विकेट लिए भने असिथा फर्नान्डो र जनित लियानागेले समान १–१ विकेट हात पारे। इशान मालिङ्गाले १० ओभरमा ९१ रन र दिलशान मदुशङ्काले १० ओभरमा ८९ रन खर्चिन पुगे ।


