
बीमामा सरेण्डर भनेको के हो ?
काठमाडौं । अधिकांश अवस्थामा बीमा क्षेत्रमा सरेण्डर शब्दको प्रयोग हुने गर्छ । तपाई हामी कतिलाई यसको वास्तविक अर्थ समेत थाहा नहुेको गरेको छ ।
बीमा क्षेत्रमा सरेण्डर भन्नाले बीमा गरेपछि सो बीमाको अवधि पुग्नु अगावै त्यसवाट लिने ब्रेक हो भन्ने बुभ्नु पर्छ ।
यस्तो शब्द जीवन बीमामा प्रयोग हुने गर्छ ।
व्यवसायको आकार धेरै भएको कम्पनीमा बीमा पोलिसी सरेण्डर गर्नेको संख्या धेरै हुन्छ । बीमा व्यवसायको आकार कम भएका कम्पनीमा ठूलो कम्पनीको तुलनामा कम हुने गर्छ ।
बीमा गर्ने भनेको भवितव्य वा जोखिमको बेलामा सुरक्षण पाउनको लागि हो । तर, बीमा गरेपछि पूरा किस्ता नबुझाई सरेण्डर गर्दा बीमितले बीमा सेवाको पूर्ण पाउन मुस्किल हुने देखिन्छ ।
यही हिसाबले पनि बीमा र सरेण्डर शब्दलाई एक अर्काको भिन्न पाटोको रुपमा समेत परिभाषित गर्ने गरिएको छ ।
बीमा गरौ र सरेन्डर गरौ भन्ने दुई भनाईमा बीमाबाट पूरा लाभ लिन बीमालाई महेसा रोन्नु पर्ने देखिन्छ ।
कतिपय अवस्थामा आथिक अवस्था न्यून भएका नागरिकलाई करोडौंको बीमा गराउँदा सरेण्डर बढ्ने गरेको यस क्षेत्रका जानकारहरु सुनाउने गर्छन् ।


