
चालु खाता १६९ अर्ब र शोधनान्तर स्थिति १८७ अर्बले बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको चालु खाता र शोधनान्तर स्थिति दुवैको बचत बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तसम्म चालु खाता १ खर्ब ६९ अर्ब ४ करोड रुपैयाँ बचतमा रहेको हो भने शोधनान्तर स्थिति १ खर्ब ८७ अर्बले बचतमा रहेको हो ।
समीक्षा अवधिमा चालु खाता रु.१६९ अर्ब ४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१३० अर्ब ९७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड ६७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.१ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.२ अर्ब २० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.२ अर्ब ९८ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१ अर्ब २७ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१८७ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१५३ अर्ब ६८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब २३ करोडले बचतमा रहेको छ ।


