
सुनचाँदीको मूल्य सस्तीयो, एक तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ८९ हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि २२० रुपैयाँले घटेर तोलाको ४ हजार ३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार २५५ रुपैयाँ रहेको थियो ।


