
सानिमा लिमिटेडको साधारणसभा आह्वान, के-के छन् एजेण्डा ?
काठमाडौं । सानिमा लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २० गतेका लागि तेस्रो बार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा.–४, धुम्बाराही, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुने छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल तथा निर्णय पारित गर्ने छ ।
त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ साल असार मसान्त सम्मको वासलात, आ.व. २०८२/८३ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तिय विवरणरसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने, र आ.व. २०८३/८४ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव माथि छलफल गरि पारित गर्ने छ ।


