
फर्स्ट माइक्रोफाइनान्सको नगद लाभांश घोषणा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घाेषणाा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हाे।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ११.०५२६ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो। असोज २७ गते बसेको लघुवित्तको सञ्चालक समितिका बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।


