
आइसिएफसी फाइनान्सको कामु सीईओमा अमित श्रेष्ठ
काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठलाई दिइएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल २०८३ असोज २४ गते समाप्त हुने भएपछि नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको हो ।
फाइनान्सको सञ्चालक समितिको असोज २३ गते बसेको बैठकले श्रेष्ठलाई असोज २५ गतेदेखि लागू हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै श्रेष्ठले असोज २५ गतेदेखि संस्थाको कामु सीईओका रूपमा जिम्मेवारी लिने छन् ।


