
कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २१ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १४ करोड ७४ लाख ५९ हजार ६७५ रुपैयाँको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअनुसार २ करोड ६५ लाख ४२ हजार ७४२ रुपैयाँ बराबरको बोनस सेयर र १३ लाख ९६ हजार ९८६.४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण हुनेछ ।
प्रस्तुत निर्णय नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरुमा वितरण गरिनेछ ।


