

नेपाल कबड्डी लिगको सेमिफाइनल सम्पन्न : फाइनलमा पुग्यो टीम जनकपूर नाइट्स




काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को सोमबार सम्पन्न सेमिफाइनलमा टीम जनकपूर नाइट्सले विजय हाँसिल गरेको छ । सो विजय हाँसिल गरेसँगै टीम जनकपूर नाइट फाइनलमा प्रवेश गरेको हो । यद्यपी टीम बिराटनगरको समेत भीडन्त रोमान्चक देखिएको थियो । फाइनल चरणको खेल आगामी शुक्रबार सम्पन्न हुनेछ ।
त्रिपुरेश्वरस्थित कभर्ग हलमा संचालित उक्त खेल सम्भवत नेपालकै ठूलो लिग भएको समेत बताइएको छ । पछिल्लो समय खेल क्षेत्रमा नेपालले एकपछि अर्को प्रगति हाँसिल गरि रहेको बेलामा राष्ट्रिय खेल कबड्डीमा समेत उत्साहजनक सहभागीता देखिएको हो ।
सो खेलमा टीम जनकपूर नाइट्का रुपमा नेको इन्स्योरेन्सले खेलेको छ भने अन्य बीमा कम्पनीले समेत कार्यक्रमलाई प्रायोजन गरेका छन् ।
उक्त कार्यक्रमलाई सुरुची सन फलावर आयल, बेगानी ग्रुप, भिदेस अ स्टाइल अफ फिलोसोफी, के बी एस ए एम, मन्जु श्री फाइनान्स लिमिटेड, आयूष पेपर, नबिल बैंक, नेको इस्योरेन्स, भारतिय सरकारको लागानी रहेको निर्जीवन बीमा कम्पनी ओरेन्टल इन्स्योरेन्स लगायत विभिन्न ठूला घरानाहरुले प्रयोजन गरेका छन् । त्यस्तै, इन्टनेट सेवा प्रदायक वल्र्ड लिंक लगायतको प्रयोजन कार्यक्रममा रहेको थियो ।
कार्यक्रमको टिकेट पार्टनरको रुपमा डिजिटल सेवा प्रदायक खल्ती ले सहभागीता जनाएको थियो । खल्तीका कर्मचारीले दिएको जानकारी अनुसार कार्यक्रमको सामान्य टिकेट ५ सय रुपैयाँ तथा भीआईपी टिकेटको मूल्य १ हजार रुपैयाँ तोकिएको थियो ।
यता एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा यही माघ ४ गतेदेखि सुरू भएको एनकेएलको सुरुवाती चरणमा काठमान्डु माभरिक्स र पोखरा लेकर्सले खेल्दै सुरु गरेका थिए ।
अयोजक टोलीका अनुसार एनकेएलमा राउन्ड रोबिन लिगमा १५ खेल सम्पन्न हुने तालिका तय भएको थियो । सोही मध्ये शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गरेको र लिगका शीर्ष दुई टीमले माघ १४ गते क्वालिफायर १ खेल्ने अवसर पाएका हुन् । सोही खेलको विजेताले फाइनलमा पुग्ने मौका पाए।
त्यसरी नै लिगमा तेस्रो र चौथो स्थानमा पुगेका टिमले भने माघ १४ गते नै एलिमिनेटरमा खेल्दै उनीहरुको विजेता क्वालिफायर २ मा पुग्ने अवसर पाएका हुन् । आयोजकका अनुसार फाइनल खेल यही माघ १८ गते शुक्रबार सम्पन्न हुनेछ ।