
ज्योति विकास बैंककाे प्रविधिमैत्री शिक्षातर्फ सार्थक पहल!
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ। विद्यार्थीहरूको सिकाइलाई थप प्रभावकारी, अन्तरक्रियात्मक र प्रविधिमैत्री बनाउँदै आधुनिक शिक्षण पद्धतिको प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले गरिएको यस पहलले शिक्षण–सिकाइ प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रविधिसँग जोडिएको शिक्षा, सक्षम भविष्यको आधार हाे ।


