
प्रि ओपन सेसनमा ३ अंक बढ्यो नेप्से
काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१९ अंक बढेर २६३३.०० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१० अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा ७२ स्टकको १४५ पटकको कारोबारमा ५३ लाख १९ हजार ६३१ रुपैयाँ १० पैसाबराबरको २२ हजार ७७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने ३६ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।


