
विद्युत नियमन आयोगबाट राप्ती हाइड्रोलाई हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ । आयोगले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १ः०.२५१५ अनुपात अर्थात २५.१५ प्रतिशत हकप्रद सेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो ।
कम्पनीको हाल चुक्तापुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार ६०० रुपैयाँ रहेको छ । यो चुक्तापुँजीबमोजिम आयोगले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर जारी गर्न कम्पनीलाई पूर्वस्वीकृति प्रदान गरेको छ । अब कम्पनीले हकप्रद सेयर जारी गर्न थप प्रक्रिया अगाडि बढाउनेछ ।


