
कोशीमा ‘रेड अलर्ट’, ब्यारेजका ३१ ढोका खोलियो
काठमाडौं । कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ । अहिले ब्यारेज ‘रेड अलर्ट’ को अवस्थामा रहेको हो ।
प्रहरीका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ । यद्यपि अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेक माथि बाढी मापन भएको थियो । प्रहरीका अनुसार, कोशी पुल भएर चल्ने सवारी साधन भने रोकिएको छैन ।


