
शिखर इन्स्योरेन्सले दियो बर्खा विशेष सुझाव, सतर्कता अपनाउन आग्रह
काठमाडौं । शिखर इन्स्योरेन्सले बर्खा सम्बन्धी विशेष सुझाब सार्वजनिक गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै सबैलाई सावधानि अपनाउन आग्रह गरेको हो ।
‘मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना छ । जीवन र सम्पत्तिको सुरक्षाका लागि शिखर इन्स्योरेन्स सम्पूर्णमा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछ । आधिकारिक मौसम तथा विपद् व्यवस्थापन सूचनाहरूबारे निरन्तर जानकारी लिनुहोस्,’ सूचनामा भनिएको छ ।
त्यस्तै छाना, ढल निकास तथा विद्युतीय जडानको जाँच गर्नुहोस्, मुसलधारे वर्षाका बेला अनावश्यक यात्रा नगर्नुहोस्, सवारी साधन डुबानको जोखिम भएका क्षेत्रबाट टाढा पार्क गर्नुहोस्, डुबानमा परेका सडक, पुल वा नदी किनार पार नगर्नुहोस् र आपतकालीन सम्पर्क नम्बरर अत्यावश्यक सामग्री तयारी अवस्थामा राख्नुहोस् कम्पनीले भनेको छ ।


