
१ खर्ब २ अर्ब राजस्व संकलन गर्न र विभाग सफल
काठमाडौं ।चालु आर्थिक वर्ष २०८३/८४ का लागि भन्सार विभागको वार्षिक राजस्व लक्ष्य रु. ६ खर्ब २८ अर्ब रहेकोमा भाद्र ६ गतेसम्म रु. १ खर्ब २ अर्ब राजस्व असुली भएको छ। चालु आर्थिक वर्षमा असुल गर्न बाँकी राजस्व रु. ५ खर्ब २७ अर्ब रहेको छ।
तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा नरहेको तथा भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई सञ्चालनमा नरहेको विषम परिस्थितिका बीच पनि सम्पूर्ण भन्सार प्रशासनको अथक प्रयासबाट भाद्र ६ गतेसम्म रु. १ खर्बभन्दा बढी राजस्व संकलन गर्न भन्सार विभाग सफल भएको छ। आगामी दिनमा विभाग बाँकी रु. ५ खर्ब २७ अर्ब राजस्व असुलीमा केन्द्रित रहनेछ।

