

भुक्तानी सेवा प्रदायकमा पर्यायवाची बन्न सफल इ सेवा, प्रयोगकर्ताको मन जित्दै




इ सेवासँग ८ वर्ष पुरानो साइनो गाँसिएका रायमाझीले, महानगर प्रहरी आइलाग्दा, कर तिरेरै बोर्ड जोगाए
काठमाडौं । भुक्तानी सेवा प्रदायकको पर्यायवाची बन्न सफल ब्राण्ड हो, ‘इ सेवा’ । हरेकको जन जिब्रोमा बस्न सफल हुनुमा इ सेवाका पनि आफ्नै संघर्षका कथाहरु छन् ।
भनाई नै छ, ‘रोम सिटी वाज नट विउल्ट इन अ डे’ । यसको तात्पर्य हो, रोम जस्तो विकसीत शहर एक दिनमा निर्माण भएको होइन । यही चर्चित भनाईलाई एकछिन सापटी लिएर हेरौं । नेपाली समाजमा प्रविधि भित्रीएको लामो समय भएको छैन । जबकी विश्वमै इन्टरनेट भित्रीएको अवधि छोटै मानिन्छ । यद्यपी यसको इतिहास छोटै रहे पनि नेपाली समाजले प्रविधिमा मारेको फड्कोलाई भने हरेकले महसुश गर्न भ्याएकै छन् । हातमा स्मार्ट फोन एकैछिन नहुँदा हरकोहीलाई केही ठूलै कुरा छुटे जस्तो लाग्छ, (अपवाद बाहेक) । ठीक यही समयमा गोजीमा पर्स बोक्नु पर्ने झन्झटदेखि छिटो, छरितो एवम् विश्वस्नीय सेवामा इ सेवाले राम्रै पकड जमाएको छ भन्दा फरक नपर्ला ।
हिजो बिजुलीको बिल हाम्रो घर–घरमा आउँथ्यो । हातमा एउटा सानो हाते झोला भिरेर बिल पुर्याउने जमानामा ई सेवाबाटै रकम तिर्न मिल्छ भन्ने विषय निकै नौलो मानिएको किस्साहरु कम्पनीले सुनाउँने गरेको छ । नेपाली समाज एकातिर गरिबीको रेखामुनी रहेकाले पनि होला वा अर्कोतिर प्रविधि मैत्री प्रयोगलाई आत्मसाथ गर्न होस् झ्याप्पै तयार नभएको तथ्यहरु प्रशस्तै भेटिन्छन् । त्यस्तै समयलाई नै भुक्तानी सेवा प्रदायकहरुले अवसरमा बदल्ने प्रयत्न गरे । जब कि रुपान्तरण आफैंमा सहज काम होइन । तसर्थ यो पनि सानो तपस्या होइन भन्ने प्रष्टै हुन्छ । एक त उनीहरुले आफ्नो (सेल्स) बिक्री बढाउँने रणनीति तयार गरे होलान, त्यो त छँदैछ । त्यसको साथमा भुक्तानी सेवा प्रदायकको महत्वको बारेमा समेत निकै पटक जनचेतना फैल्याएको प्रष्टै हुन्छ । नतिजा, अहिले ठूलो ब्राण्डको रुपमा ई सेवा स्थापित भइसकेको छ । जनजनले यसको बारेमा थाहाँ पाएका छन्, आवश्यक पर्दा प्रयोग गरेका छन् । कम्पनीले आफ्नो १६ औं वार्षिक उत्सव समेत मनाउने चरणमा पुगिसकेको छ ।
आज हामीले एक यस्ता ई सेवा प्रेमी समेत भेटेका छौं जसले नियमीत ८ वर्षदेखि इ सेवासँग आफ्नो अटुट साइनो गाँसिएको बताए । विगत २ दशक भन्दा बढी समयदेखि किराना पसल राखेका उनले इ सेवा (भित्रिनु भन्दा पहिलेदेखि-भित्रीएपछि) सम्मका सहजताका बारेमा खुलेका छन् । साथै, उनले आफुलाई लागेको केही सुझाव समेत निर्धक्क रुपमा सुनाएका छन् ।
यस्तो छ एक दशक नजिकबाट इ सेवालाई नियालेका बर्दन रायमाझीको रोचक कहानी
झम्के साँझले छोप्नै लाग्दा निलो अकाशबाट तल झ्याप्प अँधेरी रात ओर्लदै थियो । सोही समयमा इ सेवाका सेता र हरिया रंग टलक्क टल्कीए, साथमा थिए, (ई सेवाका २ वटा बोर्ड पनि) । उक्त दृश्य राजधानीस्थित घट्टेकुलो कालिकास्थान, २९ नम्बर वडामा देखिएको हो । विगत २१ वर्षदेखि एकै स्थानमा किराना स्टोर संचालन गर्दै आएका बर्दन रायमाझी सामु लेखकको अकस्मात भेट् हुन पुग्यो ।
उनलाई सोधियो भुक्तानी सेवा प्रदायक त धेरै छन् इ सेवाकै बोर्ड किन राख्नु भएको हो ?
उनले सटिक जवाफ दिए,‘सबैभन्दा पहिले इ सेवा आयो हामीले त्यसैले यसको बोर्ड राखेको हो ।’ भुक्तानी सेवा प्रदायकमा इ सेवा बजार बिस्तारमा समेत आक्रामक रहेको यो सत्य र गतिलो प्रमाण पनि हुनसक्छ ।
त्यस्तै, इ सेवामा आफू आवद्ध रहेको ८ वर्ष पुगेको रायमाझीले बताए । इ सेवासँग जोडिएपछि आफूहरुलाई निकै सहज भएको र सोही कारण आफूहरुले निरन्तर व्यापारिक प्रयोजनका लागि भरपर्दो माध्यमको रुपमा यसलाई उपयोग गरेको अनुभव उनले व्यक्त गरे । जान्ने व्यक्तीहरुलाई निकै सहज भए पनि केही भुक्तानीका लागि चलाउँन नजान्ने व्यक्ती लक्षित क्याम्पेन चलाएमा आगामी दिनमा यसको थप विकास हुनेसम्मको सुझाव उनले दिएका छन् । शहरी क्षेत्रमा इ सेवा चलाउँदा खासै समस्या नभए पनि ग्रामिण तहमा पनि यसलाई बिस्तार गर्न सकिने उनको भनाई छ । रायमाझीले इ सेवा भन्ने बित्तीकै बत्तिको बिल, पानीको बिल तथा रिचार्जमा मात्रै सम्झिने सोच निर्माण गर्ने भए पनि यसको उपयोगीता निकै भेग रहेको बताए । इ सेवाबाट रिचार्ज गर्दा कतिलाई डेट बढ्दैन होला-मलाई रिचार्ज कार्ड नै दिनुस् भन्ने केही ग्राहकहरु भेटीएको उनले सुनाए । अरु सेवा प्रदायकको माझमा आफूले सबैभन्दा पहिले इ सेवा पाएको र त्यसपछि इ सेवाको प्रतिस्पर्धी संस्था आएको सुनाउँदै उनले आफ्नो विश्वास जितेको संस्थाकै माया लाग्ने भन्दै इ सेवामै आवद्ध रहेको भाव व्यक्त गरे ।
इ सेवा प्रयोगले आफ्नो व्यापार माथि धकेलियो
रायमाझीले कुराकानीकै क्रममा निकै रोचक प्रसंग पनि जोड्न भ्याए । उनले आफूलाई इ सेवाकै प्रयोगसँगै आफ्नो व्यापार व्यावसायमा पनि उन्नती प्रगती छाएकाले इ सेवासँगको आफ्नो लगाव दीर्घकालसम्म रहेको उनले स्पष्ट पारे । आफूलाई सबैभन्दा सहज बनाएको र अन्य कम्पनीको तुलनामा इ सेवाकै गुण बढी रहेकाले आफूले यसको प्रयोगलाई निरन्तरता दिएको रायमाझीले बताए । ग्राहकलाई बिना पैसा आउँदा पनि बेच्न पाउँनु र इ सेवाले ग्राहकलाई भुक्तानीमा सहजता थपेको कुरा अहिले व्याख्या गर्नुपर्ने भन्दा पनि धेरैको भोगाईको विषय भइसकेको उनले सुनाए ।
महानगरले इ सेवाको बोर्ड निकाल्न खोज्यो,रायमाझी भन्छन्, वैघ छ
बाटाको छेउँमा पसल राखेर सामान बेच्न पनि देखिएझै सहज नहुने भाव रायमाझीले व्यक्त गरे । उनले आफूले एक साथ २ वटा इ सेवाको बोर्ड राख्दा कुनै दिन महानगर प्रहरीको नजर उनको पसलका ती बोर्ड माथि पुग्यो । उनलाई दुई मध्ये एकमात्र बोर्ड राख्न भनियो । त्यति बेलामा आफूले शहरलाई कुरुप पार्ने बस्तु हटाउँनु स्वभाविक भए पनि इ सेवाको बोर्डले आफ्नो पसलको सौन्दर्य थपेको भन्दै उनले ब्राण्डेड बस्तु प्रतिको मायाका लागि विज्ञापन बापत या भनौ बोर्ड राख्न लाग्न चार्ज (कर) आफूले बुझाइसकेको खुलाए । सोही कारण पनि उनको बोर्ड माथि कुनै हमला नगरिएको रायमाझीले खुलाए ।
साँझपख उनले आफ्नो पसल तथा बोर्ड श्रीङ्गार्नको लागि झिलीमिली बत्तिको समेत प्रयोग गर्दा रहेछन् । नवलपरासी बर्दाघाटका स्थायी बासिन्दा समेत रहेका उनै रायमाझीले इ सेवा राख्न चाहने नयाँ ग्राहकहरुलाई केही सुझाव पनि दिए ।
उनले भने,‘अहिले अरु पनि भुक्तानी सेवा प्रदायक छन् तर इ सेवा प्रयोग गर्दा यो छुट्टै छ । अनि अर्को कुरा भनेको महानगरले पछिल्लो समय बोर्डहरु राख्न टाइट नै गरेको छ । यसमा पनि लाग्ने ट्याक्स तिरेर राख्नै नमिल्ने भन्ने होइन । वार्षिक १२, १५ सय रुपैयाँ तिर्दा बोर्ड राख्न पाइन्छ । ई सेवाको बोर्डले मेरो पसलको (सो) सौन्दर्य थपेको छ । त्यसैले मैले पनि हटाउँन चाहिन ।’
रायमाझीले थपे,‘इ सेवाको बोर्ड इ सेवाले मात्रै बाढेको होइन । मेन कुरा भनेको त उसले एउटा सिस्टम बसाएको छ । त्यही कुरा नै मलाई इ सेवाको सबैभन्दा मन पर्छ । हुन त सबैको आ–आफ्नो सेक्टर हुन्छ, त्यही सेक्टरका जान्नेहरुले काम गर्दा अरु सबैलाई, समाजलाई नै सजिलो हुने हो । अहिले यही इ सेवाले एउटा सिस्टम बसाएका कारण धेरै जनतालाई त हलुङ्गो भएको छ नि । मैले भन्न खोजेको पनि त्यही हो ।’ उनले छिटो, छरितो विश्वस्नीय सेवा इ सेवाले दिएको भन्दै आफू माझ आउँदा आफूले जानेको कुरा सुनाएको उनै रायमाझीको भनाई छ । त्यसरी नै इ सेवाका बारेमा अरु जान्न बाँकी जनतालाई र जान्नै पर्ने कुराहरुमा केही क्याम्पेनहरु आयोजना गरेमा थप राम्रो हुने उनको सुझाव छ ।
यूवा प्रविन ढुंगाना भन्छन्,‘नियमित इ सेवा चलाउँछु, म ह्याप्पी क्लाइन्ट हो’
त्यस्तै, यूवा प्रविन ढुंगानाले पनि इ सेवा चलाउँने गरेको र त्यसबाट आफू निकै सन्तुष्ट रहेको बताए । ढुंगानाको बसाई हाल राजधानीस्थित नक्सालमा रहेको उनले बताए । ढुंगानाले इ सेवाको सेवालाई स्मरण गर्दै भने,‘मलाई इ सेवा एकदमै राम्रो लाग्छ । म इ सेवाको ह्यप्पी क्लाइन्ट हो । मैले सधैं जसो धेरै ट्रान्जेक्सन इ सेवाबाट गर्छु । यस विषयमा इ सेवाको सर्भिस सेवा सुविधा धेरै राम्रो लाग्छ ।’