

पहिलो ६ महिनामा निर्जीवन बीमा कम्पनीले संकलन गरे २१ अर्ब बीमाशुल्क




काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्मा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २१ अर्ब भन्दा बढी भएको छ। हाल संचालनमा रहेका १४ ठूला निर्जीवन र ४ वटा लघु निर्जीव बीमा कम्पनीहरुको व्यवसाय २१ अर्ब ३० करोड ६५ लाख भन्दा बढी भएको तथ्यांक प्राधिकरणले आजै सार्वजनिक गरेको हो।
पुष मसान्तसम्ममा १४ ठूला निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् भने लघु बीमा कम्पनीहरुले ४२ करोड २९ लाख रुपैयाँको बीमा व्यवसाय गरेको तथ्यांकमा देखिन्छ।
यता, समिक्षा अवधिमा सबैभन्दा बढी बीमा व्यवसाय गर्नेको शीर्ष स्थानमा शिखर इन्स्योरेन्स रहेको छ भने सो कम्पनीले पुस मसान्तसम्मको अवधिमा २ अर्ब ५९ करोड रुपैयाँ बराबर कुल बीमा शुल्क आर्जन गरेको देखिन्छ ।
साथै, पुस मसान्तसम्ममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँको बीमा व्यवसाय गरेको बेलामा सिद्धार्थ इन्स्योरेन्सले पनि २ अर्ब १३ करोड ८० लाख रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेखित छ।
त्यसरी नै चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब ९ करोड ३२ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ७१ करोड २१ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्स कम्पनीले ६२ करोड १९ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न पुगे । सोही अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड ५१ लाख, प्रभु इन्स्योरेन्सले ९० करोड ३९ लाख, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड ७० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ७१ करोड ८४ लाख र सानिमा जिआईसीले १ अर्ब १९ करोड ३१ लाख रुपैयाँको व्यवसाय हात पारे।
बीमाशुल्क संकलनकै आधारमा हेर्दा पुस मसान्तसम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ७३ करोड ७१ लाख रुपैयाँको व्यवसाय गरेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड ३७ लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको देखिन्छ।
साथै, लघु निर्जीवन बीमातर्फ नेपाल माइक्रो इन्स्योरेन्सले १२ करोड ४१ लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १० करोड ३७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ९ करोड ८२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ९ करोड ६८ लाख रुपैयाँको व्यवसाय हात पारेका हुन् ।